दाङ, १९ असोज । दाङको तुलसीपुरका ९ वटा वडाहरुमा वाल अधिकार तथा वाल श्रम सम्बन्धी प्रभावकारी मुल्याङ्कन अनुगमन गरिएको छ । राष्ट्रिय श्रम प्रतिष्ठानको सहयोगमा तुलसीपुर नगरपालिका मार्फत भएको अनुगमनका क्रममा ९ वटा वडाका ४ सय ८६ घरबाट वाल श्रम तथा वाल अधिकारको अवस्थाका बारेमा जानकारी लिइएको छ ।

प्रत्येक वडामा ५४ घरका दरले ९ वटा वडाका ४ सय ८६ घरमा गरिएको सर्बेक्षणमा ३ सय २४ जना वालवालिकाको बिवरण भरिएको छ । वालअधिकार र वाल श्रमका पक्षमा विभिन्न संस्थाले करोडौं लगानी गरेपनि त्यसबाट प्राप्त उपलब्धीको बिवरण कसैसंग नभएको अवस्थामा यो अध्यनले वालवालिकामा भएको लगानीको प्रभाव मुल्याङ्कन तथा बिष्लेषण गर्न सकिने श्रम प्रतिष्ठानले जनाएको छ ।।