
ईन्धन डिपो तुलसीपुरका प्रमुख बिपिन श्रेष्ठका अनुसार सोमबार देखी दाङमा कुनै पनि पेट्रोलियम पदार्थ भित्रन सकेको छ्रैन् ।
जस्ले गर्दा दाङमा पेट्रोलको निकै अभाब भएको छ । दाङको तुलसीपुर , घोराही , लमही लगायतका क्षेत्रमा पेट्रोलको निकै अभाब रहेको श्रेष्ठले जानकारी दिएका छन् ।
ईन्धन डिपो तुलसीपुरका प्रमुख श्रेष्ठले दिएको जानकारी अनुसार आज बुधबार तुलसीपुरमा पेट्रोल आई पुग्ने छ । दिउसो तिर ९२ हजार लिटर पेट्रोल आई पुग्ने उनले जानकारी दिए । उक्त पेट्रोलले दाङमा एक हप्ता खपत हुन सक्ने उनले बताए । दाङमा अहिले डिजेलको भने अभाब नरहेको श्रेष्ठले बताए ।