काठमाडौं – भेट्टाएको ४० हजार रुपैयाँ लिनका लागि कसैले पनि सम्पर्क नगरेको एक उप–प्राध्यापकले बताएका छन् ।शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेकपोस्टनजिकै पोलीथिनमा बेरेर राखेको अवस्थामा ४० हजार नगद फेला पारेका थिए ।
दसैंको बेलामा पैसा हराएको मान्छे आत्तिएको होला भनेर पैसा भेट्टाउने बित्तिकै रेडियो प्रकृति र कपुरकोट एफएमबाट सोको जानकारी गराएको बताउँदै उनले भने, ‘सम्बन्धित व्यक्ति सम्पर्कमा आउन सूचना जारी गर्दा पनि अहिलेसम्म कोही आएका छैनन् ।’ आजको राजधानी दैनिकमा खबर छ ।
रातोपाटी बाट