Indrenionline.com

छाडा गाईगोरु थुन्न घोराहीमा गौशाला

गोविन्द खड्का
भकारो बनाएर कालोपत्रे सडकमा पसारीने गाईहरु केहि महिना भित्रै गौशालामा थुनिने भएका छन । नया“ वसपार्कको पश्चिम तर्फ सेवार खोलाको किनारमा सोमवार गौशालाको शिलान्यास गरीएको छ ।

अव्यवस्थित पशु चौपाया अस्त व्यस्त बजारको कारण मानिन्छ । मुलढोका अघि गमलामा सजिएको चिटिक्क घर सबैको चाहाना हुन्छ । त्यसलाई गाई बाख्राले मुर बाटै निमोठेर चपाईदिए योजना भताभुङ्ग बन्छ । चाहनाहरु लथालिंग हुन्छन् । कार्यक्रममा अतिथि बन्न सित्त नरुचाउने घोराही नगरपालिकाका प्रमुख तुफान सिं केसीले कृष्ण मन्दिर तथा हरितपार्क परिसरमा गौशालाको शिलान्यास गर्नुभयोे । त्यसक्रममा केसिका शब्दमा प्रशंसा र मुहारमा खुशि थियो ।

चालु आर्थिक बर्षमा करीव पचास हजार जति रकम जुटाईदिने कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केसिले बताउनुभएको छ । उहाले आगामि बर्षहरुमा निरन्तर बजेटको व्यवस्था हुनेगरी प्रकृया बसाल्दीने वचन दिनुभयो । ‘बर्षेनि बजेट विनियोजन नगरपालिकाले गर्ने छ’ केसिले भन्नुभयो, ‘जिविस सांसद विकास कोष लगाएतका अन्य श्रोतको खोजि गर्नुहोला’ उहाले थप उपाएका बारेमा सुझाउदै भन्नुभयो । गुरु योजना बनाएर व्यवस्थित गर्न आग्रह गर्नुभएको छ । केहि महिना भित्रै निबृत्त हुने केसि गौशाला निर्माण कार्यका लागि उत्साहित देखिनुभयो ।

धार्मिक र वातावरणीय दृष्टिकोणले उपयुक्त भएको नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सुदिप गोतमको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि गौतमले स्थानिय स्तरका सबैलाई हाम्रो हो भन्ने अनुभुति गराएर अघि बढ्न नेतृत्वलाई सुझाव दिनुभयो । उहाले भन्नुभयो ‘अत्यन्त राम्रो काम छ प्रसंसा गर्न चाहान्छु’ उहा“ले बगरमा बिरुवा उमार्ने योजना जटिल रहेको बताउदै थप्नुभयो ‘संरक्षणगर्ने दायित्व समाजको हुन्छ त्यसो नगरे प्रयासहरुमा क्षति पुग्न सक्छ ।’ खाली जमिन देख्न नहुने, खोलालाई समेत कुलोमा डो¥याएर हडप्ने संस्कारले त्यहा पनि गा“जेको छ । सार्वजनिक सम्पतीमाथि एक्लै हालिमुहाली गर्न खोज्ने फटाहरु छन् । तिनिहरु बाट जोगाउदै मन्दिर सहितको गौशाला र अन्य संरचना बनाउन सबैको दायित्व हो ।

कृष्ण मन्दिरमा गौशाला कृष्णको परिपुरक भएको मन्दिर व्यवस्थापन समितिका किशोर चन्द्र गौतमको भनाई थियो । स्वर्गद्धारीका गाईलाई दिने सहयोग र दान कृष्ण मन्दिरमा खर्च गर्न सजिलो हुने गौतमले बताउनुभयो । ‘संस्कृतिक संरचना बचाउन लाभदायीक भएकाले झनै मत्व बढेको छ’ गौतमले भन्नुभयो, कृष्ण संग सम्वन्धित संस्कृतका केहि श्लोक समेत सुनाउनुभएको गौतमले थप्नुभयो ‘बाच्छा बाच्छी खेलेको सुन्दरताले धेरै जना रोमाञ्चीत हुनेछन्’ उहाका अनुसार पाच बर्ष पछि बजारीया साझको थकाई मेट्न घुम्न जाने, तिर्थ गर्ने, पुजा आजा गर्ने र मनोरञ्जनका गर्ने क्षेत्र बन्छ । कृष्ण मन्दिर क्ष्ँेत्रमै गौशाला बनाउने काम कमै भएको देखिन्छ । धर्म प्रति आश्था राख्नेहरुलाई खोलाको किनारमा मन्दिर त्यसको छेउमा गौशाला निकै महत्वको छ ।

गाई हिडेको सहनै नसक्ने, चुलो देलो लिप्न गाईको गोबर नभई नहुने बजार बासिको आनीवानी छ । गहु“तको रुपमा बाच्छीको मुत्र धेरैलाई चाहिन्छ । जसले जन्म, मृत्यू लगाएत हरेक संस्कारमा चोख्याउने काम गर्छ । त्यसका लागि पनि बजार नजिकै गौशालाको जरुरी छ । हरेक साल दईतिन ट्रक गाई गोरु नगरपालिकाले जंगलमा छोड्न रिहार लैजान्छ । त्यो खर्च पनि जोगिने धेरैको गौशाला बाट आश छ । त्यहि रकम गौशालामा खर्च गरे गाई सप्रिन्छन् नगरवासिले सुविधा पाउछन् । नगरको योजना बनाउनेले गाई व्यवस्थापनको मुद्धा महत्वका साथ लिनुपर्छ ।
केहि समय अघि खोला मात्रै थियो । मन्दिर व्यवस्थापन समितिका सदस्य दिलिप कुमार डिसीका अनुसार कृष्ण मन्दिर तथा हरितपार्क व्यवस्थापन समितिले तटबन्ध गरेर हरित बनाउने योजना तयार बनायो । केहि विरुवा पनि रोपियो । टाउन प्लान विकास संस्थाका अध्यक्ष समेत रहनुभएका डिसिले भन्नुभयो ‘अब गाईको मल प्रयोग गरेर विरुवालाई अग्र्यानिक मल दिने हो’ भावि योजना सुनाउदै थप्नुभयो ‘मुत्र गहुत बनाउने र बेच्ने लक्ष्य राखेको छ ।’ त्यसो भनिरहदा ट्रिगार्ड सहितका विरुवाहरु परिसरमा हेर्न सकिन्थ्यो । बा“झो बगर पनि प्रशस्तै थियो । त्यसलाई हराभरा बनाउने समितिले योजना बनाउछ । दाताहरु आफै टक्रिन्छन् ।

वडानागरीक मञ्चले वडा भेला बाटै योजना पारीत गरेर अघि बढ्ने घोराही १० का संयोजक शक्तिराम डागिले घोषणा गर्नुभएको छ । ‘ठुलो मन र फराकिलो हृदयले स्वागत गर्नुहोला’ प्रमुख अतिथि कार्यकारी अधिकृत तिर संकेत गर्दै डागिले थप्नुभयो ‘तपाईकै हात बाट भवन उद्घाटन गराउने लक्ष्य छ ।’ उहाका अनुसार बुढा गाई गोरुलाई गिद्ध रेष्टुरेन्टमा पठाईदिने, दुधालु गाईलाई बेच्ने, जोत्ने गोरु बेच्ने, त्यस बाहेक बचेका बाट मल मुत्रलिने योजना बनाउनु पर्छ । त्यसो गरे गौशाला बनाउन समस्या पर्दैन । त्यसलाई चलाउन पनि हिन्दुहरुको बाहुल्य रहेको क्षेत्रमा जटिल हुन्न । धेरै किसमका सहयोग र दानहरु संकलन गर्न सकिन्छ ।

मन्दिर क्षेत्रमा  शान्ति मन्त्रालय र नगरपालिकाको बजेट बाट केहि पर्खाल तयार भएको छ । त्यस बाहेक ठुलो क्षेत्र खाली छ । अतिक्रमण बाट जोगाउन समितिले फलामका पोल गाडेको थियो । त्यसलाई बदमासी गर्नेले भा“चेका छन् । ट्रिगार्ड सहितका विरुवा रोपिएको छ तिनलाई पनि कुच्याईएको छ । एउटा ढ्याप्ली सञ्चालनमा छ । एउटा घर बनेको देखिन्छ । त्यसले सार्वजनिक स्थल बचाउने प्रयासमा कठिन देखाउछ । तर पनि असम्भव छैन । प्रहरी प्रशासन नगुहार्दै नियन्त्रण भएको छ ।

‘आ“टेरै खोलामा स्थापना गरेको हु’ समितिका अध्यक्ष पुर्ण बहादुर थापाले भन्नुभयो ‘त्यसमा सबैको सहयोगले सफलता मिलेको छ ।’ कार्यक्रमको अध्यक्षता गरीरहनुभएका थापाले हरेक आधा समय भगवान प्रति सोच एवं आरधाना गरेर विताएको जानकारी दिनुभयो । त्यसरी भगवान प्रति लिन भएकाले मन्दिर क्षेत्रको संरक्षणमा मरीमेट्ने हौसला र सहास बढेको छ । कतै बाट पनि मन्दिर क्षेत्र मिच्ने, सार्वजनिक स्थलमा आ“खा लाउने र कुभलो सोच्ने बतावरण बनाईने छैन । सकभर सहमतिमा नभई बल प्रयोग बाट पनि जगेर्ना गरीने उहाको अठोट थियो । ब्राह्रमणहरु डिल्लीराज दाहाल र ईन्द्रलाल पाठकले सिलान्यास अघि ब्रम्हा, विष्णु र महेश्वरको पुजा गर्नुभएको थियो । समितिका उपाध्यक्ष केशरा पोख्रेलले नमुना काममा सहभागिता जनाउनेलाई स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन गर्दै सचिव गोपाल प्रसाद भुसाले सार्वजनिक स्थलको संरक्षण नै समाज सेवा ठानेर समिति लागि परेको बताउनुभयो ।