Indrenionline.com

यातायात वन्द फिर्ता लिन अखिल क्रान्तिकारीको माग

इन्द्रेणी संवाददाता
दाङ, २६ बैशाख
दाङमा भएको यातायात वन्दले यात्रुवर्ग तथा नागरीकहरुमा पर्न गएको असहजताप्रति अखिल क्रान्तिकारीले त्यसको घोर भ्रत्सना गर्दै यातायात सेवा सुचारु गर्न आग्रह गरेको छ ।13151980_795365023930935_6693920575463340213_n
अखिल क्रान्तिकारीले एक विज्ञप्ती जारी गर्दै दुइ यातायात व्यवसायबिचको विवादको बिषयलाई लिएर भएको यातायात बन्दले यात्रुवर्गहरुले कष्ट झेल्नुपरेको भन्दै त्यसको भ्रत्सना गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, यातायात सेवा वन्द भएकोप्रति अखिल (क्रान्तिकारी) दाङ घोर भ्रत्र्सना गर्दै तत्काल वार्ताबाट समस्या समाधान गरी सहज यातायात सेवा प्रदान गर्न सम्बन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछ ।
अध्यक्ष हेमन्त जिसी र सचिव मदन केसीद्धारा हस्ताक्षरित विज्ञप्तीमा यातायात वन्दले सर्वसाधारण जनतामा नकारात्मक असर पर्न गएको भन्दै सम्वन्धित पक्षले वार्ता र संवादद्धारा समस्या समाधान गर्न माग गरिएको छ ।।