काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख रुपैयाँ घुससहित एकजना शाखा अधिकृतलाई पक्राउ गरेको छ। आयोगको विशेष टोलीले १० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभाग काठमाडौंका शाखा अधिकृत रमेश लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ परेका हुन् ।
आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घुस रकम पुर्याउने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको बताए।
यसैगरी आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई पनि १२ लाख २५ हजार घुससहित पक्राउ गरिएको जनाएको छ।
ईश्वरपुर नगरपालिका–६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजारका दरले घुस लिँदालिँदै आयोगको बर्दिबास कार्यालयबाट उनलाई पक्राउ गरेको जनाएको छ ।