गोविन्द खड्का
घोराही १७ असोज । गेट नजिक झुप्रो छ । त्यस भित्र बाट एकजनाले मुन्टो तानेर आगन्तुकलाई नियालीरहेका हुन्छन् । तिनले प्रयोग कर्ताले शौचालयमा लगाएको समय र बेसिनमा हात धोएको आधारमा दिसा हो कि पिसाव छुटाउछन् ।
सजिलै देखाउन मिल्ने लाज नलाग्ने बस्तु फाल्न गेट बाहिरै कन्टेनर छ । प्लाष्टिक लगाएत अन्य पोका पन्तुरा खसाल्न सकिन्छ । यदि लाज लाग्ने कुरा लुकालो खसाल्नेहो भने भित्र ठाउछ । पुरुष शौचालयमा कण्डम तथा फोहर यता भनेर एरोले डस्टिविन तिर सिकाएको छ । महिला शौचालय तिर प्याड भए यहा राखिदिनुहोला भनेर सम्मानीत शब्दले अनुरोध गरेको छ ।
बसपार्कले गतिला नगरविकास समितिका अध्यक्ष थोरै मात्र पायो । नौ महिना ननाघ्ने सरकारले त्यसरीनै नगरविकास गठन गर्थे । पार्टि र गुटै पिच्छे अध्यक्ष बदलिन्थे । त्यसरी टिकालाउने र निगाहाले प्रसाद ग्रहण गरेका अध्यक्ष कमै हुन्थे । लामो समय नगरविकास समितिको सदस्य पद र वसपार्क व्यवस्थापनको अगुवा गरेका कैलाश रोकाका अनुसार एक रत्ती काम नगर्ने अध्यक्षहरु पनि आए । तिनहरु बसपार्कमा पाईला समेत टेकेनन् । धेरै अध्यक्ष्ँहरुको सम्झनै सकिदैन ।
वसपार्क ठेक्कामा जान्थ्यो । ठेकेदारले मनपरी चलाउथ्यो । त्यसले वसपार्कका सार्वजनिक शौचालय, गेट पर्खाल, वस पार्क कतै पनि ध्यान दिएन । खाली पैसा असुल्ने र कमाउनेमा जोड गयो । अध्यक्षहरुले त्यसमा ख्याल गरेनन् । तिनलाई काम गर्नुपर्छ भन्ने ज्ञानै थिएन । पच्छिल्ला अध्यक्ष किरण कुमार रेग्मी जोशिला र केहि गरौ भन्ने भावनाका भेटिएका छन् । तिनले नगरविकासको जिम्मेवारी बाटै आफ्नो राजनितिक भविश्यलाई अझ सुन्दर बनाउने दाउमा छन् । नेपाली कांग्रेशका नगर सभापति समहाली सकेका रेग्मी यसैमा चित्त बुझाउने पक्षमा छैनन् । बसपार्कलाई व्यवस्थापन मात्रै होईन भौतिक निर्माणको लागि यसक्षेत्रकै पक्कि आरसिसी ढलान शुरु भएको छ ।
भनिन्छ कसैको घर कति व्यवस्थित छ भन्ने त्यसको शौचालयले बोल्छ । नगरविकासको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिई परिक्ष्ँत परित केडेरीयाले बसपार्कको आवाजलाई सम्वोधन गरेका थिए । सेवार खोला नया वसपार्क टोल विकास समितिका अध्यक्ष शक्तिराम डागिका अनुसार केहि डिईले हुनै नसक्ने काम भनेर फट्कारेका बसपार्क कडेरीयाले सजिलो बनाई दिए । बर्तमान डिई राजेन्द्र प्रसाद पाण्डेयले झनै सहज रुपमा अघि बढाए । त्यस भन्दा ठुलो गुण डिई पाण्डेयका पालामा वसपार्कको जिम्मा टोल विकास संस्थाले पायो । प्याड र कण्डम सोहरेको शौचालय अहिले जिम्मा लिएको छ । पुरै सुधार गरेर अघि बढ्ने भएको छ । त्यसलाई हेर्न हामि पुग्नै पर्छ ।