
घटनामा घाइते अन्य तीन सैनिकमध्ये एकको पनि मृत्यु भएको र मर्ने सैनिकको संख्या दुई पुगेको भारतीय प्रहरीका सिनियर सुपरीटेन्डेन्ट इम्तियाज अहमदले बताए ।
उनका अनुसार आतंकवादीले ग्रिनेट र स्वचालित हतियार फालेका थिए । जसका कारण क्याम्पमा लागेको आगो नियन्त्रणमा लिइसकिएको छ । आक्रमण गरिएको क्षेत्र कास्मिरस्थित बारामुल्ला सहरबाट ५४ किलोमिटर टाढा पर्छ ।
रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी क्याम्पमा आतंकवादी हमला भएको जनाएको छ । यसअघि भारत प्रशासित काश्मिरकै उरीमा रहेको भारतीय सैनिक क्याम्पमा आतंकवादी हमला हुँदा १८ जना भारतीय सैनिक मारिएका थिए ।