काठामाडौं । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालद्धारा लिखित ‘मेरो पत्रकारिता’ नामक पुस्तकको विमोचन भएको छ । पुस्तकका प्रधानमन्त्री दाहाल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, वरिष्ठ पत्रकारद्धय होमनाथ दाहाल र किशोर नेपालले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
दाहालको ४ सय ८२ पृष्ठ रहेको ‘मेरो पत्रकारिता’ मा विभिन्न विषयहरुलाई १५ खण्डमा विभाजन गरिएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को प्रकाशक एवं हरेकपल डट कमका प्रधानसम्पादक समेत रहेका दाहालको ‘मेरो पत्रकारिता’ दाहालको समकालिन पुस्ता र नयाँ पुस्ताका लागी पढ्नै पर्ने पुस्तक रोचक छ ।
दाहाल २०३० दशकमा नेपाली पत्रकारिता प्रवेश गरेका हुन र २०४६ सालको परिवर्तनपछि रेडियो नेपालको घटना र विचार कार्यक्रमबाट चर्चामा आएका हुन् ।