धनगढी, १७ असोज । धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।
निज भट्टसँग हातहतियार रहेको भन्ने सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा निजको खेतको आलीबाट उक्त हातहतियार बरामद गरेको जनाइएको छ । निजलाई हिरासतमा राखी आवश्यक कारबाही भइरहेको जनाइएको छ ।