
काठमाण्डौ पठाईएका खसि तथा वोका कार्यालयमै खरिद केन्द्र स्थापना गरी खरिदगरिएको कार्यालय प्रमुख शेखर पौडेलले जानकारी दिनुभयो । खाद्ययसंसथान राप्तीले २५ किलो भन्दा माथिको खसि ज्यूदोतौल प्रतिकिलो ३ सय ७५ रुपैया र २० देखि २५ किलो सम्मको खसिलाई प्रतिकिलो ३ सय ६० रुपैया र १६ किलोदेखि माथिको वोकालाई ३ सय ५५ रुपियाँ प्रतिकिलोका दरले खरिद गरिएको जनाएको छ ।
नेपाल खाद्यसंसथान विभागले दाङलाई खसिवोका खरिदका लागि दिएको स्वीकृति अनुसार ५ हजार ९ सय ८१ किलो २सय ग्रामका २सय खसिवोका खरिदगरि शनिवार नै ट्रकमा पठाईएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । काठमाण्डौमा पुगेका खसिवोका भने नेपाल खाद्यसंस्थान २५ किलो सम्मकालाई ४ सय ४० र त्यो भन्दा माथिको तौल भएको खसिलाई भने ४ सय ५० रुपैयाँ प्रतिकिलो विक्रि गर्न शुरु गरेको छ । त्यस्तै मुस्ताङि चयाङग्रालाई प्रतिकिलो ६ सय ५० रुपियाँ प्रतिकिलोको हिसावले मुल्य तोकेको बताईएको छ ।