बिकाश डाँगी
तुलसीपुर,१७ असोज । तुलसीपुरमा आईतवार विभिन्न पसलहरुको उद्घाटन भएको छन । दशैको अवसरमा तुलसीपुर सल्यान रोड स्थित च्वाइस बेवी कलेक्सन, घोराही रोड स्थित धिताल इन्टरप्राइजेज र तुलसीपुर क लाईन मा सहिष्णु सफिङ हाउसको उद्घाटन भएको हो ।
पसल उद्घाटनका प्रमुख अथिती तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालले पहिला पसल अगाडिको फोहोरलाई पसल संचालकहरुलाई झाडु लगाएर सफा गर्न लगाउदै अनि मात्र पसलको उद्घाटन गर्नु भएको थियो । पसल उद्घाटनको क्रममा अध्यक्ष रिजालले भन्नु भयो आफुले यसरी यो अभियान शुरु गर्नुको मुख्यकारण सबैलाई सचेत बनाउनु हो ।