काठमाडौं, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको मुक्तिका लागि महिला मुक्ति पहिलो शर्त भएको बताउनु भएको छ ।
प्रधानमन्त्रीले महिला हिंसा विरुद्धको कार्यक्रम औपचारिक कार्यक्रमका अर्थमा आयोजना नगरी वास्तविक पीडितको पहूँच र मुक्तिको तहसम्म लैजानुपर्ने बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रा धेरै कार्यक्रम औपचाारिक हुने गरेका छन् ।
तिनले समाजमा कत्तिको प्रभाव राख्छन्, जनताको आधारभूत तहसम्म त्यसको परिणाम आएको छ कि छैन ? यो विषय सबैभन्दा महत्वपूर्ण विषय हो । त्यसैले यस्ता कार्यक्रम औपचारिकतामा सीमित नराखी दुरदराजका महिलाहरुको पहूँचसम्म लैजान जरुरी छ ।’