काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाबाहिर १०० सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले मन्त्री लेखकलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सन लगायतका संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न निर्देशन दिनुभएको छ ।