बुटवलको एक सरकारी बिद्यालयका क्यान्टिन सञ्चालक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । बुटवल १३ देबीनगरमा रहेको नविन औद्योगिक कदर बहादुर रिता उच्च मावी परिसरमा क्यान्टिन संचालन गर्दैै आएका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।