
झडपका क्रममा प्रहरीले लाठि चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समितिका अध्यक्ष सुरेस हमालको टाउकोमा चोट लागेको छ । मालिका- कालिका यातायात प्रालिले रूकुम छुटाउन लागेको नम्बरको एसि हाइसमा तोडफोड गर्ने क्रममा लाठीचार्ज गर्दा हमाललाई चोट लागेको इप्रका तुलसीपुरले जनाएको छ ।
प्रालिका बस र कर्मचारी माथि आक्रमण गर्न खोज्ने राप्ती समितिका कर्मचारी धनबहादुर डाँगी लगाएत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।