इन्द्रेणी संवाददाता
बर्दिया, १६ असोज । वर्दियामा एक जनाले आफ्नै भाइबुहारिको हत्या गरेका छन् । मदिरा सेवन गरेका वर्दियाको पाताभार गाविस वडा नं. ८ का ५५ वर्षिय जवालसिंह ढकालले भाइबुहारी ४१ वर्षिया मनसरा ढकालको हत्या गरेका हुन् । जवालसिंहले मसला कुटदै गरेको लोहोरो (ढुंगो) प्रहार गरी बुहारीको हत्या गरेको बताइएको छ ।