मकवानपुर, १६ असोज । मकवानपुरमा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य ३१ जना घाइते भएका छन् ।

दुर्घटनामा परि हाँडीखोला–२ का ३० वर्ष सूर्यबहादुर लामा र चार वर्षका प्रनिस लामिछाने को ज्यान गएको हो । ज्यानमा एक महिला पनि रहेको र उनको पहिचान खुलेको छैन । घाइतेको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।