काठमाडौं, १६ असोज । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी एमाले र मधेशवादी दलहरुमाथि संविधान कार्यान्वयनमा वाधक बनेको आरोप लगाएका छन् ।
उनले एमाले र मधेशवादी दल दुवैले कम्प्रोमाइज गरे संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने र कार्यान्वयनमा अहिले देखिएका चुनौती समाप्त हुने दाबी गरे ।
काँग्रेस नेता पौडेलले स्थानीय तहको पुनर्संरचना आयोगमाथि स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने काम गर्न नजानेको आरोप लगाए । गाउँ नै पिच्छे गाउँपालिका बनाउनुपर्ने सरल बाटो छोडेर आयोग बाङ्गोटिङ्गो बाटो हिंडेको उनको आरोप छ ।
उनले आयोगले अहिले प्रस्ताव गरेको माापदण्ड अनुसार स्थानीय तहको सीमाना र संख्या निर्धारण भए मुलुक नै दुर्घटनामा पर्ने सम्भावना औंल्याए ।