काठमाडौं, १६ असोज । राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्दैछ । दसैँमा नयाँ नोटको कारोबार बढी हुने भएकाले राष्ट्र बैंकले हरेक वर्ष नोट सटहीको व्यवस्था मिलाउँदै आएको छ ।
एकजनाले बढीमा ३७ हजार रुपैयाँसम्मको नोट साट्न पाउनेछन् । राष्ट्र बैंकले निजी बैंक तथा वित्तीय संस्थालाई भने यसअघि नै नयाँ नोट उपलब्ध गराइसकेको छ । काठमाडौं बाहिरका बैंकबाट पनि नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।