सिन्धुपाल्चोक, १६ असोज । पहिरोमा पुरिएर सिन्धुपाल्चोकको राम्चे पुरानो गाउँका एकै परिवारका तीनको मृत्यु भएको छ । मृत्यु हुनेमा रामकुमार, उद्धव र सम्झना तिमल्सिना छन् ।
पहिरोले बाटो पुरिँदा आउजाउ गर्न कठिन पहिरोले बाटो पुरिँदा अन्यत्र आउजाउ गर्नसमेत कठिन भएको स्थानीय वीरमान तामाङले बताए । गत वर्षदेखि पहिरो जान थालेको हो । खोलाले कटान गर्दा पूरै गाउँ पहिरोको जोखिममा रहेको तामाङले बताए ।
पहिरो रोकथामका लागि खोलामा तटबन्ध निर्माण गर्न चाहे पनि कसैले सहयोग नगरेको स्थानीयले दुःखेसो पोखे । पहिरो रोकथाम गर्न सरकारी निकायमा तारजाली माग गरे पनि प्राप्त भएको छैन ।