Indrenionline.com

८७ विद्यालयले पाए कक्षा ११ मा विषय थपको अनुमति

भक्तपुर १५ असोज । कक्षा ११ मा विषय थपको लागि निवेदन दिएका ८७ वटा विद्यालयलाई थप विषय पठन पाठन गराउन शिक्षा विभागले अनुमति दिएको छ ।

विषय थपका लागि विभागले गत मंगलबार देखि ३ दिन सम्म आवेदन संकलन गरेको थियो । तीन दिनको विचमा विषय थपको लागि निवेदन दिएका विद्यालयलाई अनुमति दिएको विभागले जनाएको छ ।

नयाँ शिक्षा ऐन जारी भएपछि तत्कलिन उच्च माध्यमिक शिक्षा परिषद्बाट हुँदै आएको विषय थप सम्बन्धि कार्य शिक्षा विभागले गर्ने गरी तय भए अनुसार विभागले विषय थप भएका विद्यालयहरुको नाम मन्त्रालयमा सिफारिस गरेको हो ।