बर्दिया, १५ असोज । खोल्टीबजार । प्रधानमन्त्री तथा ने।क।पा। ९माओवाादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता रामचरण चौधरी उत्पीडित वर्गको आदर्श नेता भएको बताएका छन् ।
शनिबार बर्दियाको खोल्टीबजारमा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचरण थारुको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भभने, ‘रामचरण उत्पीडित वर्गको आदर्श नेता हुनुहुन्थ्यो । उनी एक इमान्दार र कर्तव्यनिष्ठ नेता हुनुहुन्थ्यो । रामचरणलाई सम्झँदा पञ्चायतकालदेखि उहाँले गरेको त्याग र समर्पणको स्मरण भइरहेको छ । २०४६ सालको जनआन्दोलनभन्दा पहिला यस क्षेत्रको संगठन र संघर्षमा रामचरणले योगदान गर्नुभयो ।’
प्रधानमन्त्रीले भने, ‘नयाँ संविधान गतिशील छ । तर, हामीले चाहेर पनि संविधान जारी गर्दा जनताका सबै चाहना सम्बोधन गर्न सकेनौं । गतिशील चरित्र भएका कारण हामीले संविधानमा सबैको अपनत्व कायम गराउने प्रयासमा छौं । हामी सबैको भावना समेटेर संविधान कार्यान्वयन र निर्वाचनतिर जानेछौं ।’
कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सदस्य वर्षामान पुन ‘अनन्त’, कार्यालय सदस्य कूलप्रसाद के।सी। ‘सोनाम’, सचिवालय सदस्य लेखराज भट्ट, पोलिट्व्यूरो सदस्य महेश्वर गहतराज, मायाप्रसाद शर्मा, विष्णुप्रसाद थारु, हरिराम थारु, कैलाली जिल्ला ईन्चार्ज तिलकराम शर्मा लगायतका वक्ताहरुले नेता रामचरण थारुको जीवनी र व्यक्तित्वबारे चर्चा गरेका थिए ।