कञ्चनपुर, १५ असोज । कञ्चनपुरको झलारी पिपलाडी(४ असैनाका २२ वर्षकी जीविका रानाको शङ्कास्पद रुपमा ज्यान गएको छ ।
शुक्रबार राति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमती जीविकालाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी दिएको छ ।
मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारी बजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताए । ‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ ।’ रावलले भने, ‘घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत अनुसन्धान सुरु गरेका छौं ।’