गोकर्ण पौडेल
दाङ, १५ असोज । जबसम्म उनको स्वास्थ्य ठिक थियो, आवाज चारैतिर बुलन्द हुन्थ्यो सबैका प्रिय शिक्षक थिए । सामान्य स्वास्थ्य चेकका क्रममा रोल्पाजिल्लामिझिङ ७ मीनराज पोख्रलले जब दुवै मृगौलाले कामगर्न छाडेको रिपोट आएपछिआश्चर्य चकितभए ।
सामान्य आर्थिक अवस्था भएका मीनराजलाई मृगौला रोगीलाई डाइलेसिस गर्नका लागि निशुल्क भने तापनि मासिक २० देखि २५ हजार खर्च हुदैँ आएको छ । विभिन्न निकायमा उपचार खर्चका लागि धाए तर धाउन्न मात्र भएको छ ।
जीवन मृत्युसँग लडिरहेका मीनराजले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई मृगौला प्रत्यारोपणका लागि खुल्लापत्र समेत लेखेका छन् । खै मीनराजको खुल्ला पत्र पढ्न सक्छन या सक्दैनन् स्वास्थ्यमन्त्रीले हेन बाँकी छ । नेताहरुको लागि करोडौ खर्च गर्ने सरकारले एउटा शिक्षक मृत्यूमा लडिरहदा कति खर्च गर्छ ।