Indrenionline.com

अन्तर कलेजको उपाधि राप्ती बबईलाई

तुलसीपुर १५ असोज ।  युनाईटेड क्लबको आयोजनामा तुलसीपुरमा भएको अन्तर कलेज स्तरिय फुटवल प्रतियोगीताको उपाधि राप्ती बबई क्याम्पसले चुमेको छ । शुक्रबार भएको फाईनल खेलमा गोर्खा उमाबि तुलसीपुरलाई २–० गोल अन्तरले हराउदै राप्ती बबई क्याम्पस बिजयी भएको छ ।
राप्ती बबई क्याम्पसका श्रीधर चन्दले ४५ मिनेटमा पहिलो गोल र राम शरण थापाले ६१ औ मिनेटमा दोस्रो गोल गरेर गोर्खालाई पराजित गरेका हुन् । बिजेता समुहलाई १० हजार नगद सहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने द्धितिय हुनेलाई पाँच हजार नगद सहित ट्रफि , मेडल र प्रमाणपत्र बितरण गरिएको क्लबका उप संयोजक केशब चौधरीले जानकारी दिए । ज्ञान ज्योती उच्च माबिका भाईस प्रिन्सीपल मनोज केसी र राप्ती बबई क्याम्पसका प्राध्यापक मनोज केसीले बिजेता समुह राप्ती बबई क्याम्पसलाई जनही दूई ÷ दुई हजार पुरस्कार प्रदान गरेका थिए । यो संगै राप्ती बबई क्याम्पसले १४ हजार पुरस्कार प्राप्त गरेको छ ।

खेल सकिएपछि प्रथम  र द्धितिय हुने समुहलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरण गरिएको हो ।  क्बलका संयोजक चन्द्रबिर ओलीको अध्यक्षता तथा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यता एबम तुलसीपुर नगरपालिकाका बरिष्ठ लेखा अधिकृत ललित बहादुर घर्तीको बिशिष्ट आतिथ्यतामा पुरस्कार बितरण कार्यक्रम भएको थियो । फाईनल खेलमा मुख्य रेफ्रिको भुमिका शिब हरी शर्माले निर्बाह गरेका थिए  ।
प्रतियोगीतामा बिभिन्न बिद्याहरुमा पुरस्कार बितरण गरिएको थियो । जस्मा बेष्ट प्लेयर गोर्खाका अभिसेक ओली , सर्बाधित गोलकर्ता ज्ञान ज्योतीका सुरज डाँगी , उत्कृष्ठ गोल रक्षक गोर्खा उमाबिका  बिक्रम चन्द , बेष्ट डिफेन्स्मा गोर्खाका उज्वल चौधरी, बेष्ट स्टाईकरमा राप्ती बबईका हिरा डाँगी,  बेष्ट मिडफिल्डमा गोर्खाका प्रमोद केसी, बेष्ट अट्याकिङ डिफेन्समा राप्ती बबईका मदन भुषाल , राईजिङ प्लयरमा गोर्खाका प्रदिप राणा, बेष्ट कोच प्रशिक्षक ज्ञान ज्योतीका प्रकास रोकाय ,  फेर प्ले अवार्ड ज्ञान ज्योती बि समुहलाई प्रदान गरिएको थियो ।

तुलसीपुरको अरणीको मैदानमा असोज ४ गते देखी शुरु भएको खेलमा दाङका ८ र सल्यानका एक समुह सहभागी थिए । खेलको चौतर्फि बिकास गर्न तथा खेल प्रती युवाहरुको आर्कषण  बढाउन क्लबले आफ्नै लगानीमा प्रतियोगीताको आयोजना गरेको हो । प्रतियोगीता समापन हुदा सम्म क्लबको ६० हजार बराबर खर्च भएको क्लबका कोषाध्यक्ष लोकेन्द्र ओलीले जानकारी दिए । साथै क्लबले बिभिन्न ब्यक्ति तथा मिडियालाई मायाको चिनो पनि प्रदान गरेको थियो ।