Indrenionline.com

पाकिस्तानमा मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षाको आपतकालिन वैठक

(एजेन्सी), १४ असोज । भारत र पाकिस्तानविच तनाव बढेपछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समितीको बैठक आह्वान गरेका छन् ।

आज केन्द्रिय मन्त्रिमण्डलको बैठक बोलाइएको छ । बैठकमा काश्मिरको स्थितिसँग जोडिएका एजेण्डा प्रमुख रहने छन् । भारत पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात सर्जिकल स्ट्राइक्सपछि दुवै देशबिच बढेको तनावलाई मध्यनजर गर्दै बैठक बोलाएको बिबिसीले जनाएको छ ।

यस्तै, त्यहाँको प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा काश्मिरमा भारतको अत्याचारका बारेमा छलफल गर्न आगामी मंगलबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाइएको छ ।

सुरक्षा समितिको बैठकमा चारवटै प्रान्तका मुख्यमन्त्रीलाई बोलाइएको छ । यस्तै, आगामी बुधबार नै संसदको संयुक्त सत्र पनि बोलाइएको छ ।