काठमाडौं, १४ असोज । काठमाडौं । नेकपा माओवादी केन्द्रको मकवानपुर जिल्लाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट बार्ता गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रतिनिधि मण्डलले जिल्लाका शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।