काठमाडौं, १४ असोज । राजधानी काठमाडौंमा वसोवास गर्ने झण्डै ७० प्रतिशत मानिस भाडामा वस्छन् । ती विभिन्न रोजगारीकाृ खोजीमा, उच्च शिक्षा हासिल गर्नलगायत विभिन्न अवसरहरु खोज्दै त्यहाँ पुगेका हुन् । यसरी वसोवास गर्दै आएकाहरु वर्षदिनको चाडपर्वमा घर फर्कने गर्दछन् ।
उता यातायात व्यवसायिलाई पनि टिकट दिन त्यति सजिलो छैन । जितसक्यो यात्रुहरुलाई सहज बनाउन यातायात व्यवसायी लागिपरेका छन् । तर क्षमताभन्दा बढी यात्रु बोक्न कडाइ गरेपछि बस छैन भन्दै व्यवसायीले टिकट बुकिङ बन्द गरेका छन् ।
यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यसवर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ ।
तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन् । क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन् ।
कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुप(यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं । छलफल भइरहेको छ ।’ पश्चिमतर्फ जाने बस टिकट सकिए महेन्द्रनगर, धनगढी, बाँके, बुटवल जाने बसका टिकटहरू सकिएको व्यवसायीले बताएका छन् । पूर्व जाने बसहरूको पनि सर्वसाधारणले सहज रूपमा टिकट पाएका छैनन् ।