बिमल गौतम
तुलसीपुर नगरपालिका वडा नम्वर ३ का महिलाहरुले अवैध मदिरा तथा जुवा तास नियण्त्रणका लागि छलफल शुरु गरेका छन । वडामा गठन भएको नागरिक सचेतना केन्द्रको पहलमा वडामा सो बारेमा छलफल शुरु भएको हो । अवैध मदिरा उत्पादन तथा बिक्रि गर्ने गरेका कारण युवाहरु कुलतमा फस्ने र त्यसले घरमा समेत अशान्ति हुने हुदाँ नियण्त्रणका लागी छलफल शुरु गरिएको केन्द्रकी अध्यक्ष कृष्णा बिकले जानकारि दिनुभयो ।
उनीहरुले मदिरा र जुवा तासका कारण स्वास्थ्य तथा धनको समेत क्षेति भै रहेको भन्दै सवै वडा वासीको सहयोगले मात्र अभियान सफल हुने बताएका थिए । छलफल कार्यक्रममा वडा नागरिक मञ्चका उपसंयोजक निमा रेग्मी , नेपाली काग्रेस वडा नम्वर ३ का सभापती प्रेम बहादुर केसी , नमुना हरियालि टोल बिकास संस्थाका अध्यक्ष बालाराम रेग्मी , गौरा देवि टोल बिकास संस्थाका अध्यक्ष बिष्णु प्रसाद पोख्रेल , चौतारि जलधारा टोलका अध्यक्ष बेदप्रसाद शर्मा , स्वास्थ्य स्वयंसेविका राधा देवि न्यौपाने , वडा दलित सञ्जालका कोषाध्यक्ष सरस्वति परियार लगाएतकाले आफनो भनाई राख्नु भएको थियो । छलफल बाट पहिलो चरणमा वडाका सवै टोलहरुमा घर दैलो गरेर सचेतना कार्यक्रम गर्ने र पुनह छलफल गरेर अगाडि वढने निर्णय भएको छ । कार्यक्रमको संचालन सामाजिक परिचालक लिना शर्माले गर्नु भएको थियो ।