इन्द्रेणी संवाददाता
घोराही, १३ असोज । दाङमा प्रहरीले चोरी गरेको मोवाइलसहित तीन जनालाई पक्राउ गरेको छ । बिभिन्न मोवाइल पसल तथा व्यक्तिहरुको मोवाईल चोरी भएको भन्ने सुचनाका आधारमा प्रहरीले खोजतलास गर्दा १५ थान मोबाईल सेटसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट बिभिन्न कम्पनीका १५ थान मोवाईल सेटहरु बरामद गरी उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।