(एजेन्सी), १३ असोज । बिहीवार बिहान जम्मु कश्मिरको सीमाक्षेत्रमा भएको गोली हानाहानपछि भारतले पाकिस्तानसँग सीमा जोडिएका तीनवटा राज्यका १० किलोमिटर क्षेत्र खाली गराएको छ ।
यसका अलावा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार साँझ भारतका सबै पार्टीहरुको बैठक बोलाएका छन् । राज्यहरुका मुख्यमन्त्रीसँग गृहमन्त्रीले कुरा गरेका छन् । यस क्रममा राजनाथले सीमाना जोडिएका राज्यका १० किलोमिटर इलाका खाली गर्न निर्देशन दिएका छन् । यी तीनै राज्यका सीमाना जोडिएका गाउँलाई खाली गराइएको छ।