काठमाडौं १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणितको विकासले अनुसन्धान र विकासको ढोका खोल्ने बताउनु भएको छ ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘यो सम्मान निकै प्रेरणादायी र अनुकरणीय छ । निरन्तर गणितको विकास र अनुसन्धानमा लाग्ने तपाईको साधना र त्याग राजनीतिकर्मीहरुका लागि पनि प्रेरणादायी हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
समारोहमा ७५ वर्ष उमेर पुगेका तथा अनवरत रुपमा ५० वर्ष गणितको अध्यापन र अनुसन्धानमा लागेका गणितिज्ञहरु प्रा.डा. राममान श्रेष्ठ, नृपतिलाल प्रधानाङ्ग, सुम्मा तुलाधर, शिबदत्त पन्त, बुद्धशरण मानन्धर, डा। शंकरराज पन्त, प्रा. सुशीलकुमार श्रेष्ठ, प्रा।डा। मृगेन्द्रलाल सिंह र ओमकारनाथ पन्तलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।