असोज १३, काठमाडौं । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले बजेट आश्रित विद्येयकहरु संसदमा पेश गर्ने निर्णय गरेको छ ।
बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा।डा। देवराज अधिकारी र सदस्यहरुमा त्रिभूवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. तीर्थराज खनिया र कृषि तथा बन विश्वविद्यालयका उपकूलपति डा. ईश्वरीप्रसाद ढकाललाई नियुक्त गरेको छ ।
त्यसै गरी बैठकले अर्थ मन्त्रालयको प्रमूख आर्थिक सल्लाहकारमा प्रा।डा। पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।