(एजेन्सी), १२ असोज । मलेसियन जहाज एमएच १७ लाई रुसी मिसाइलले युक्रेनमा खसालिएको पुष्टि अनुसन्धानले देखाएको छ ।
भएको छ। जहाज खसाइएकोबारेमा अनुसन्धान गरिरहेको अन्तरराष्ट्रिय विज्ञहरुको टोलीले यो कुराको पुष्टि गरेको हो ।
मिसाइल हानेर खसालिएको यो जहाज नेदरल्यान्डको एमस्टर्डमबाट मलेसियाको राजधानी क्वालाम्पुरतर्फ गइरहेको थियो । मिसाइल हानिएपछि यो जहाज आकाशमै टुक्रा टुक्रा भएर झरेको थियो । जसका कारण यस जहाजमा सवार सबै २९८ जना यात्रीहरुले ज्यान गुमाएका छन् ।
जाँचकर्ताहरुले यो आक्रमणमा रुसको प्रत्यक्ष संलग्नता भएको आफूहरुले नलगाएको बताउँदै मिसाइल भने रुसमै बनेको बताएका हुन् । उनीहरुका अनुसार यो मिसाइल रुसबाट युक्रेनसम्म ल्याएको अवस्थामा अपराधिक मानसिकता भएकाले जहाजमा हानेका बताइएको छ ।
यो मिसाइल ओसारपसारमा कम्तिमा एक सयजनाको हात रहेको बताउँदै अनुसन्धानकर्ताहरुले उनीहरुलाई आपराधिक घटनामा संलन भएको अभियोगमा जिम्मेवार ठहर गर्नुपर्ने जनाएका छ्न् । यसबारेमा अहिलेसम्म कुनै फैसला भएको छैन ।