असोज ,१२ प्यूठान । बाढीपहिरो पीडितहरुलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शनिवार प्यूठान आउने भएका छन् । गत साउन १० र ११ गते आएको अविरल वर्षाका कारण बाढीपहिरोले प्यूठानमा ठूलो जनधनको क्षति भएको थियो ।
‘प्यूठानमा भएको विनासले आपतविपतमा परेका प्यूठानी जनताहरुको दुःखमा सहभागी बन्न प्रधानमन्त्री प्रचण्ड आउन लाग्नु भएको हो,’ माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इञ्चार्ज कृष्णध्वज खड्काले भने, ‘प्रधानमन्त्री प्यूठान आउने भएपछि पीडितहरुमा नयाँ आशा जागेको छ ।’
प्रधानमन्त्री प्रचण्डसहित पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मालगायत माओवादी केन्द्रका नेताहरु पनि प्यूठान आउने छन् ।
अनलाइन खबर बाट