इन्द्रेणी संवाददाता
तुलसीपुर, १२ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कसैले चाहाँदैमा आफू खुशी संविधान संसोधन गर्न नहुँने बताएका छन् । नेकपा एमाले दाङको १२ जिल्ला अधिवेशनलाई आज तुलसीपुरमा सम्बोधन गर्दै नेता नेपालले अहिलेको संविधान ९० प्रतिशत भन्दा वढी जनताका प्रतिनिधिको सहभागीतामा बनेको भन्दै कसैको स्वार्थ पूरा गर्न संविधान संसोधन नहुँने दावी गरे ।
मधेसवादी दलहरुको मागलाई सम्बोधन गर्न मात्रै संविधान संसोधन गर्न नहुँने नेपालको धारण छ । नेता नेपालले मुलुकको दिगो विकासका लागि स्थायी सरकारको खाँचो रहेको पनि जिकरि गरे । देशको समग्र विकासका लागि यो भन्दा अघिल्लो सरकारले राम्रा राम्रा योजना ल्याएपनि स्थायी सरकार नहुँदा ती योजनाहरु अलपत्र पर्ने सम्भावना वढेर गएको उनको भनाइ थियो ।
अधिवेशनमा पाँच सयभन्दा वढी प्रतिनिधिहरुको सहभागीता छ । अधिवेशनलाई एमालेका विभिन्न केन्द्रीय तथा स्थानीय नेताहरुले सम्बोधन गरेका थिए ।