को–को भए मिस नेपाल आइकन र टिचर आइकन सौन्दर्य प्रतियोगिताका विजेता
इन्द्रेणी समाचारदाता
काठमाडौं, १२ असोज । एएनपी मिडिया हाउसले एकसाथ एकै मञ्चमा यसवर्षका दुई सौन्दर्य प्रतियोगिता मिस नेपाल आइकन २०१६ र टिचर आइकन अफ दि इयर २०१६ राष्ट्रिय नाचघर, जमलमा सम्पन्न ग¥यो ।
आयोजित मिस नेपाल आइकन–२०१६ तर्फ १६ जना सहभागीहरु विभिन्न उपाधि जिते । सुष्मीता पाण्डे मिस नेपाल आइकन २०१६ का साथै बेष्ट पर्शनालिटि घोषित भइन । त्यस्तै त्रिश्ना श्रेष्ठ फस्ट रनर्सअप र मिस व्युटीफुल, एलिना दाहाल सेकेण्ड रनर्सअप र वेष्ट फिजिक, तुला सिलवाल थर्ड रनर्सअप र मष्ट फ्रेण्डली तथा सरस्वती तामाङ मष्ट पापुलर र बेष्ट स्पीच भइन ।
त्यस्तै राजधानीका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाहरुको सौन्दर्य प्रतियोगितामा शिल्पी गुप्ता टिचर आइकन अफ द इयर २०१६ भइन । १५ जना शिक्षिकाहरु सहभागी प्रतियोगितामा गुप्ता बेष्ट स्कीन पनि भएकी हुन् । त्यस्तै मनिशा गौतम फस्ट रनर्सअप र बेस्ट स्माइल, प्रतीमा भट्टराई सेकेन्ड रनर्सअप, वेष्ट फर्सनालिटि र वेष्ट स्पीच तथा विभुती पाण्डे र्थड रनर्सअप र मीस व्यीटीफुल तथा पबिता श्रेष्ठ मष्ट पापुलर र बेष्ट फिटनेश उप–उपाधीका विजेता पाउन सफल भइन ।
प्रतियोगितामा सुष्मीता खड्गी मीस फोटाजेनिक र वेष्ट डान्स, गायत्रा बिसी मीस कन्जिनियालिटी, सुष्मीता महतो बेष्ट हेयर र वेष्ट आर्टर्वक, बिष्णुमाया तामाङ्ग बेष्ट फिजिक र फेसबुक च्वाइस, पासाङ्ग ल्हामु गुरुङ्ग मीस फेसन आइकन, रजनी खड्का बेष्ट सिङ्गर, गायत्रा सुवेदी मष्ट फ्रेन्डली, रीमा मुगारती मष्ट डिसिप्लेन, कुसुम श्रीस मष्ट चार्मीङ्ग तथा सीमा नगरकोटी मीस क्याटवाक र मीस टेलेन्थ उपाधी जितिन ।