चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आकांक्षा बुझेर, जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।आज चितवन जिल्लामा अवस्थित सरकारी कार्यालयका प्रमूखहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले जनताको आकांक्षाअनुसार काम गर्न निर्देशन दिएका हुन् । ‘जनताको कर्मचारी प्रशाासनलाई हेर्ने नजर अहिले पनि राम्रो बन्न सकेको छैन ।
सरकार दण्ड र पुरस्कारको व्यवस्था सहित प्रशासन सुधारमा लागेको जानकारी दिँदै प्रधानमन्त्रीले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने प्रणालीको विकास गर्नेतिर सोचने बताए ।
मैले यसबारे संसदमा पनि बोलेको छु । राम्रो गर्नेलाई सम्मान, पुरस्कृत र समाजमा स्थापित गर्ने र नराम्रो गर्नेलाई दण्डित गरेर जानुपर्छ । हाम्रो प्रतिस्पर्धा नराम्रोको लागि हुने संस्कार छ । यसलाई बदल्नुपर्छ । समयभन्दा अगाडि नै राम्रोभन्दा राम्रो काम गर्नेतिर सोच्नैपर्छ’, प्रचण्डले भने ।