काठमाडौं, १२ असोज । दुबै देशबीच चर्काचर्की परिरहेको वेला पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानलाई नेपाल वा भुटान जस्तो कमजोर नठान्न भारतलाई कडा चेतावनी दिएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँग कुराकानी गर्दै मुशर्रफले पाकिस्तान शक्तिशाली देश भएको बताउँदै नेपाल र भुटान जस्तो नठान्न चेतावानी दिएका हुन् ।
मुशर्रफले भारत कश्मीर लगायतका खास मुद्दामा कुरै गर्न चाहँदैन भन्दै मुशर्रफले भने, ‘मोदी युद्ध चाहान्छन् । तर, पाकिस्तान पाकिस्तान हो । नेपाल र भुटान होइन ।’’ त्यस्तै सार्क सम्मेलन बहिस्कार गर्ने भारतको सार्वजनिक अभिव्यक्तिप्रति पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्तामोहम्मद नफीज जाकारियाले ट्वीटमार्फत स्टेटमेन्ट जारी गर्दै कडा आपत्ति जनाएको छ ।