काठमाडौं, १२ असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जसले जे व्याख्या गरे पनि राजनीतिक सहमतिका आधारमा मात्रै संविधान संशोधन हुने बताएका छन् ।
‘संविधानकै व्यवस्थाअनुसार निर्देशन दिएका हौं, इलाका नै गाउापालिका हुनुपर्छ भन्ने होइन, इलाकालाई आधारमा मात्र मानेर पुनसंरचना गर्ने हो’, उनले भने, ‘इलाका मासेर नगरपालिका बनेका छन्, ती नगरपालिका यथावत् रहन्छन् ।’ सरकारले दिएको मापदण्ड आयोगले मान्नुपर्ने उनको भनाइ थियो ।