
देवकोटाले बुझाएको चौधरी चरणसिंह विश्वविद्यालय, मेरठ, भारतको वीवीए उत्तिर्ण शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।
विश्वविद्यालयको वीरेन्द्रनगर, सुर्खेतमा उपप्राध्यापक पदमा कार्यरत देवकोटाले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्ने उजुरीको आधारमा अनुसन्धान तथा छानविन गरेको अख्तियारले जनाएको छ ।
देवकोटाले नेपाल सरकारको राष्ट्रसेवक, उपप्राध्यापक पदमा नियुक्ति पाउने, बहाल रहने र सो हैसियतले लाभ तथा सुविधा पाउने उद्देश्यले झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी ओहोदामा नियुक्ति तथा लाभ सुविधा लिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।