काठमाडौं, १२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तत्काल नहुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यही महिनाको अन्तिम साता चिनियाँ राष्ट्रपतिसँग भारतमा भेटवार्ताका लागि तयारी अघि बढेको छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. ऋषि अधिकारीले चिनियाँ राष्ट्रपतिसँग गोवामा भेटवार्ता लगभग निश्चित रहेको जानकारी दिए । ुकूटनीतिक च्यानलबाट चिनियाँ राष्ट्रपतिसँग भेटवार्ताका लागि पहल भइरहेको छ । भेट हुने लगभग निश्चित छु, अधिकारीले भने ।
प्रधानमन्त्री असोज २८ गते गोवा जाने कार्यक्रम रहेको अधिकारीले बताए ।