Indrenionline.com

फरार अभियुक्त पक्राउ

तुलसीपुर, १२  असोज। जिल्ला प्रहरी कार्यालय दाङले ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका एक ब्यक्तिलाई पक्राउ गरेको छ ।  ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै घोराही ६ गिठे पानी निवासी २६ बर्षीय  हुकुमबहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।
pakrau
गत भदौ २० गते राति नयाँ बजार निवासी २० बर्षीय सुमन घर्तीलाई तिजको नाच हेरीरहेको समय खुकुरी र तरवार प्रहार गरी घाईते बनाएका थिए । त्यस यता फरार रहेका उनलाई प्रहरीले खोजी कार्य जारी राखेको थियो ।

उनी घरमा लुकि छिपि बसीरहेको अबस्थामा प्रहरीले  पक्राउ गरेको एसपी सिंहले जानकारी दिनुभयो ।  घटनावारे आवश्यक अनुसन्धान भईरहेको एसपी सिंहले जानकारी दिनुभयो ।