Indrenionline.com

सुकुम्वासी वस्तीमा भएको कुटपिटको घटनाप्रति ध्यानाकर्षण

दाङ, २४ बैशाख
जिल्ला भुमिअधिकार मन्च दाङले बर्दियाको एक मुक्त कमैया तथा सुकुम्बासी बस्तीकम एक वृद्धमाथि वन अधिकृत सहितको टोलिले गरेको कुटपिटप्रति ध्यानाकर्षण भएको जनाएको छ । वर्दिया गुलरीया नगरपालिका २ संगम वस्तीका ६४ वर्षिय वृद्ध लालवहादुर दर्जिलाइ घरमै वसिरहेको अवस्थामा कुटपिट गरी सख्त घाइते वनाउने वर्दियाका जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेलाइ कारवाही गर्न माग गरेको हो । 13162542_1814366645476265_409797839_n
आज एक पे्रस विज्ञप्ती जारी गर्दै मञ्चले कुटपिटवाट सख्त घाइते भएका दर्जिलाइ जिल्ला वन कार्यालयको हिरासतमा राखेको उल्लेख गरेको छ । जिल्ला भुमिअधिकार मन्च दाङका अध्यक्ष निर्मला विद्धारा हस्ताक्षरीत विज्ञप्तीमा सुकुम्वासी, मुक्त कमैयाहरुको पुनस्थापना गर्नुको साटो सार्वजनिक पदधारण गरेको व्यक्तिवाटै कुटपिट हुनुले नागरिकको वाँच्न पाउने अधिकार कुण्ठित भएको उल्लेख  छ ।

विज्ञप्तीमा यस भन्दा पहिले पनि जिल्ला वनका रक्षकहरुको कुटाइवाट मदन वहादुर खत्री, पलवहादुर थापा र चन्द्रवहादुर खत्री लगाएतका व्यक्तिहरु घाइते भएको कुरा उल्ले छ । हिजो भएको उक्त घटना अमानविय तथा क्रुर भन्दै त्यसको भ्रत्सना गरेको छ ।

वन अधिकृत सहितको टोलीले गरेको उक्त अमानविय व्यवहारले नागरीकको सम्मान रुपले वाँच्न पाउने अधिकार खोसिएको, संविधानले दिएको मौलिक हकको उल्लंघन र राज्यवाट सुकुम्वासीलाइ उठिवास लगाउने कार्य भएको वताएको छ । साथै पीडितलाइ रिहाइका साथै क्षतिपुर्ती उपलव्ध गराउन र पीडकलाइ कडा कारावहीको माग गर्दै त्यसको वेवास्ता भएमा आन्दोन गर्ने समेत चेतावनी दिएको छ  ।।