काठमाडौं, ११ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहेको बताएका छन् ।
प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन आफू प्रतिवद्ध रहेको बताउँदै बाहिरी हल्लाका आधारमा धारणा नबनाउन पनि आग्रह गर्नुभयो । भेटमा चुरे भावर पार्टीका नेताहरुले संविधान संशोधनमा सबैको भावना ख्याल गर्न, चुरे भावर प्रदेशको व्यवस्था गर्न, २०६४ मा आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।