इन्द्रेणी संवाददाता
तुलसीपुर, १० असोज । जीपको ठक्करबाट दाङमा आज एक बालकको ज्यान गएको छ । पश्चिम दाङबाट तुलसिपुरका लागि छुटेको रा १ ज ३८६ नम्बरको यात्रुवाहक जिपको ठक्करबाट पवननगर(५ कुमलगडीका ७ वर्षका दिपक चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।