३४ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा आज माध्यमिक विद्यालय पदमपुरमा विविध कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति समिति पुरन्धारा संयोजक रुद्रसिंह विकको अध्यक्षता एवम पुरन्धारा बहुमुखी क्याम्पसका प्राचार्य प्रेम बहादुर वलीको प्रमुख आतिथ्यता तथा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यसैगरी लोकगिततर्फ मावि पदमपुरका मनोज वली प्रथम, निमावि बैसरीका विनिता केसी द्वितीय र निमावि बबरपुुरकी तुल्सी सिजाली तृतीय हुनुभएको थिया् । नृत्यतर्फ मावि पदमपुरकी निर्मला दिस्वा प्रथम, मावि कौशिलापुरका जगदिश बुढा द्वितीय र उच्च मावि हंशपुरका नोखि केसी तृतीय हुनुभएको थियो । कार्यक्रममा पुरन्धारा गाविसका प्रतिनिधि तिलक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रो पब्लिक संवाद सहजकर्ता गणेश केसीले गर्नुभएको सजिता केसीले जानकारी दिनुभएको छ ।