विराटनगर, १० असोज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले तत्काल संविधान संशोधन आवश्यक नभएको बताएकी छन् ।
कोइरालाले संविधान सशोधन गर्न सबै दलको सहमति आवश्यक भएकाले प्रमुख प्रतिपक्षी दललाई सहमतिमा नल्याई संविधान संशोधन हुन नसक्ने उनको भनाइ थियो । “सीमांकन हेरफेर गर्दै जाने हो भने झनै अस्थिरता निम्तिन्छ,” उनले थपिन्, “संविधानमा उल्लेख भएका ७ वटै प्रदेशलाई कार्यान्वयन गरौं ।”