बाँके, १० असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुुर देउवाले एकलौटी पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । आफूले सबैलाई समेटेर पार्टी सञ्चालन गर्न पटक पटक आग्रह गर्दा पनि देउवाले आफ्नो सुझावको बेवास्ता गर्दै एकलौटी गर्न खोजेको पौडेलले बताए ।
सरकार र पार्टी दुबै ठाउँमा सबैलाई समेटेर अगाडी बढ्नुपर्नेमा वर्तमान कांग्रेस नेतृत्वले त्यसो गर्न नसकेको पौडेलको टिप्पनी थियो ।